भारतमा कोरोना भाइरसले २४ सयको मृत्यु, ७४ हजारभन्दा बढी संक्रमित

भारतमा कोरोना भाइरसले २४ सयको मृत्यु, ७४ हजारभन्दा बढी संक्रमित

भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या २४ सय नाघेको छ । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा त्यहाँ थप १२१ जनाको मृत्यु भएको छ ।

एकैदिन अरु ३ हजार ४७५ जना संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ७४ हजार २४३ पुगेको छ ।४७ हजार ७०८ जनाको उपचार भइरहेको छ भने अहिलेसम्म २४ हजार ४२० जना निको भएका छन् ।

कोराना भाइरसको (कोभिड–१९) को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखि लकडाउन जारी गरिए पनि क्रमिक रुपमा  खुकुलो बनाउँदै लगिएको छ । मंगलबारदेखि भारतमा सीमित संख्यामा रेल सेवा सञ्चालन गर्न दिइएको छ ।