बेलायतमा २ लाख २६ हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण

बेलायतमा २ लाख २६ हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण

४ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट बेलायतमा ३२ हजार ६९२ जनाको मृत्यु भएको छ । यो समाचार तयार पार्दासम्म २ लाख २६ हजार ४६३ जना संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा त्यहाँ ६२७ जनाको मृत्यु भएको छ भने अरु ३ हजार ४०३ जनामा संक्रमण देखिएको छ । १ लाख ९३ हजार ४२७ जनाको उपचार भइरहेकोमा १ हजार ५५९ जनाको अवस्था गम्भीर छ ।