रुसमा कोरोना संक्रमित राखिएको अस्पतालमा आगलागी, ५ जनाको मृत्यु

रुसमा कोरोना संक्रमित राखिएको अस्पतालमा आगलागी, ५ जनाको मृत्यु

रुसमा कोरोना संक्रमित राखिएको एक अस्पतालमा आगलागी हुँदा ५ जना बिरामीको मृत्यु भएको छ । सेन्ट पिटर्सबर्ग शहरमा रहेको कोभिड–१९ अस्पतालमा आगलागी हुँदा कम्तीमा पाँच जना बिरामीको जलेर मृत्यु भएको बीबीसीले जनाएको छ ।

आगलागीपछि एक सय ५० जनालाई अस्पतालबाट सुरक्षितरुपमा निकालिएको छ । घटनामा कति जना घाइते भएका छन् भन्नेबारेमा अझै पूर्ण विवरण आइसकेको छैन ।

रुसी समाचार एजेन्सीहरुका अनुसार भेन्टिलेटरमा बिद्युत शर्ट भएर आगलागी भएको हो ।