भारतमा झन्डै पौने लाख जनालाई कोरोना संक्रमण, कति पुगे मृतक ?

भारतमा झन्डै पौने लाख जनालाई कोरोना संक्रमण, कति पुगे मृतक ?

कोरोना भाइरसको महामारी जताततै व्याप्त छ । यो समाचार तयार पार्दासम्म विश्वमा २ लाख ९२ हजार ८९३ जनाको मृत्यु भईसकेको छ भने ४३ लाख ४२ हजार ३४५ जनालाई संक्रमण भएको छ ।

त्यस्तै १६ लाख २ हजार ४४१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ४६ हजार ३४२ जनाको स्वास्थ्इ अवस्था गम्भीर रहेको छ ।

यसैबीच छिमेकी देश भारतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २ हजार ४१५ जनाको मृत्यु भईसकेको छ भने ७४ हजार २९२ जनालाई संक्रमण भएको छ ।

त्यहाँ २४ हजार ४२० जना स्वास्थ्योपचार पछि निको भएका छन् । त्यस्तै भारतमा मंगलवार मात्रै ३ हजार ५२४ जना नयाँ संक्रमित थपिएका थिए भने मंगलवार नै १२१ जनाको मृत्यु भएको छ ।