म्याद नाघेका औषधि बिक्रि गर्दै झलारीका मेडिकलहरु

म्याद नाघेका औषधि बिक्रि गर्दै झलारीका मेडिकलहरु

कंचनपुर :  जिल्ला प्रशासन कार्यालय कंचनपुर सहितको टोलिले शुक्लाफाँटा नगरपालिकामा  अवस्थित झलारी बजारमा अनुगमन गरेको छ । जिल्ला प्रशासन कार्यालय कंचनपुरका प्रशासकीय अधिकृत खगेन्द्र भारती  सहितको अनुगमन टोलीले शुक्लाफाँटा नगरपालिकामा रहेका मेडिकल, एग्रोभेट र किराना पसलहरुमा अनुगमन  गरेको हो  ।   

अनुगमन क्रममा झलारी बजारस्थित मेडिकलहरुमा म्याद नाघेका औषधि पाइएका हुन ।उक्त अनुगमन टोलिले झलारी बजारस्थित रहेका ६ वटा  मेडिकल, ३बवटा किराना पसल र ३ कृषी एग्रोभेटमा अनुगमन  गरेको हो ।

एग्रोभेटमा अनुगमन गर्दा म्याद नाघेका र बिउविजनहरु भेटाएको छ। अनुगमन टोलीले झलारी स्थित वाशुलिङ्ग एग्रोभेटबाट म्याद नाघेका बीउ भेटाएको हो । किराना पसलहरुमा मूल्य सुचि नराखी बस्तुहरु बिक्रि गरिरहेको समेत  अनुगमन टोलिले जनाएको छ  ।

त्यसैगरि खडायत मेडिकल हल, शिवशक्ति आयुर्वेदिक औषधालय र जीवन मेडिकल हरुमा  स्यानिटाइटर प्रयोग नगरेको तथा म्याद नाघेका औषधीहरु भेटाएको उक्त टोलिले जनाएको छ  ।  म्याद नाघेका वस्तुहरु भेटिएका पसल तथा मेडिकलहरुलाई ७ दिनभित्र जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ ।

कोरोना संक्रमणको संकट परेका बेला कालोबजारी गर्ने तथा म्याद नाघेका बस्तुहरु बिक्रीवितरण गर्नेहरुलाइ आवस्यक कार्बाही गरिने प्रमुख प्रशासकीय अधिकृत भारतीले बताए । बजार अनुगमनका क्रममा जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत जनक कुँवर, कृषि ज्ञान केन्द्रका जनक बहादुर सिँह, घरेलु तथा साना उधोग का वेदप्रकाश चौधरी र शुक्लाफाँटा नगरपालिकाका लक्ष्मी दत्त पाण्डेय सहितको टोलि रहेको थियो ।