दार्चुलाको छाङ्गरुमा पहिलो पटक सशस्त्रको बी‌ओपी स्थापना (फोटो फिचर)

दार्चुलाको छाङ्गरुमा पहिलो पटक सशस्त्रको बी‌ओपी स्थापना (फोटो फिचर)

सशस्त्र प्रहरी बलले दार्चुलाको ब्यास गाउँपालिका–१ छाङ्गरुमा आफ्नो बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरेको छ । सरकारले ४ पुस २०७६ मा गरेको निर्णय अनुसार बुधबार सशस्त्रको २५ जनाको टोलीलाई छाङ्गरुमा तैनाथ गरिएको हो ।

सशस्त्रका एआईजी नारायणबाबु थापा, गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार डा. ईन्द्रजित राई तथा प्रेस सल्लाहकार किरण भट्टराई समेत लगायतले बीओपी उद्घाटन गरेका हुन् ।