अमेरिकामा कोरोना भाइरसले ८५ हजारको मृत्यु, १४ लाख २८ हजार संक्रमित

अमेरिकामा कोरोना भाइरसले ८५ हजारको मृत्यु, १४ लाख २८ हजार संक्रमित

४ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा ८५ हजारभन्दा बढीको मृत्यु भएको छ ।

यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप १ हजार ६५७ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतक संख्या ८५ हजार ८२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ २० हजार १७९ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १४ लाख २८ हजार ८१५ पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये ३ लाख ७ हजार ८९३ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका १० लाख ३५ हजार ८४० जनामध्ये १६ हजार ३४९ जनाको अवस्था गम्भीर रहेको छ ।