बेलायतमा पनि उस्तै छ कोरोना महामारी, ३३ हजार बढीको मृत्यु

बेलायतमा पनि उस्तै छ कोरोना महामारी, ३३ हजार बढीको मृत्यु

बेलायतमा पनि कोरोनाको संक्रमण अझै रोकिएको छैन । त्यहा २ लाख २९ हजार ७ सय ५ जनामा कोरोना संक्रमण देखिएको छ भने ३३ हजार १ सय ८६ जनाको कारोनाको कारण मृत्यु भएको छ । बितेको २४ घण्टामामात्र बेलायतमा ३ हजार २ सय ४२ जना नया संक्रमित देखिए भने ४ सय ९४ जनाको मृत्यु भएको छ ।

त्यहा अझै १ लाख ९६ अजार १ सय ७५ जना उपचाररत रहेका छन् जसमा १ हजार ५ सय ५९ जनाको अवस्था गम्भिर रहेको छ । वेलायतमा २० लाख ९४ हजार २ सय ९ जनामा परिक्षण गर्दा २ लाख २९ हजार बढी संक्रमित देखिएका हुन् ।

यसैगरी, संयुक्त राज्य अमेरिकामा कोरोनाको असर सबैभन्दा बढी देखिएको छ । हालसम्म अमेरिकामा कोरोनाको कारण ८४ हजार १ सय ४१ जनाको ज्यान गएको छ । यो समाचार तयार पार्दासम्म त्यहाँ १४ लाख १७ हजार ३ सय ९ जनामा कोरोना संक्रमण फैलिएको छ ।

बितेको २४ घण्टामा मात्र अमेरिकामा कोरोनाको कारण ७ सय १६ जनाको ज्यान गएको छ भने ८ हजार ७ सय ६२ जनामा कोरोना संक्रमण फैलिएको तथ्यांकले देखाएको छ ।

हालसम्म अमेरिकामा ३ लाख बढी मानिस कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । त्यस्तै यो समाचार तयार पार्दासम्म अमेरिकामा १६ हजार ४ सय ६ जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै, रसियामा कोरोना भाइरस (कोभिड-१९) को कारण संक्रमित हुनेको संख्या दिनदिनै बढीरहेको छ । रसियामा २ लाख ४२ हजार २ सय ७१ जना संक्रमित देखिएका छन् भने २ हजार २ सय १२ जनाको कोरोनाको कारण मृत्यु भइसकेको छ ।

कुल संक्रमितमध्ये ४८ हजार ३ जना उपचारपछि निको भएका छन् भने १ लाख ९२ हजार ५६ जना अझै उपचाररत रहेको वोल्डोमिटरको तथ्याङ्कले देखाउछ । उपचाररतमध्ये १ हजार ५ सय ३४ जनाको अवस्था गम्भिर रहको छ । रसियामा बितको २४ घण्टामामात्र १० हजार बढी संक्रमित देखा परेका छन् भने ९६ जनाको मृत्यु भएको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण विश्वभर ४३ लाख ९४ हजार ७ सय १ जना मानिसमा संक्रमण फैलिएको छ । यो समाचार तयार पार्दासम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या २ लाख ९५ हजार ७ सय २७ पुगेको छ ।

भने संक्रमित मध्ये ४६ हजार १ सय २० जनाको अवस्था गम्भीर रहेको र १६ लाख ३७ हजार १ सय ४३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।