ब्राजिलमा कोरोना भाइरसले १३ हजारभन्दा बढीको मृत्यु

ब्राजिलमा कोरोना भाइरसले १३ हजारभन्दा बढीको मृत्यु

चार महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले ब्राजिलमा १३ हजारभन्दा बढीको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ ७४५ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १३ हजार १४९ पुगेको छ ।

एकै दिन ११ हजार ५५५ जनामा संक्रमण पुष्टि हुँदा कुल संक्रमितको संख्या १ लाख ८९ हजार १५७ पुगेको छ ।

९७ जहार ५८४ जनाको उपचार भइरहेको छ भने ७८ हजार ४२४ जना संक्रमण मुक्त भएका छन् । उपचारारतमध्ये ८ हजार ३१८ जनाको अवस्था गम्भीर रहेको छ ।