रुसमा २ लाख ४२ हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण

रुसमा २ लाख ४२ हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण

४ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट रुसमा २ लाख ४२ हजारभन्दा बढी संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा त्यहाँ १० हजार २८ जनामा संक्रमण देखिएसँगै  कुल संक्रमितको संख्या २ लाख ४२ हजार २७१ पुगेको छ ।

यस्तै एकै दिन ९६ जनाको मृत्यु भएपछि त्यहाँ ज्यान गुमाउनेको संख्या २ हजार २१२ पुगेको छ । १ लाख ९२ हजार ५६ जनाको उपचार भइरहेकोमा २ हजार ३०० जनाको अवस्था गम्भीर छ ।