निर्मलाका हत्यारा जतिसुकै शक्तिशाली भएपनि कारवाही गर्नुपर्छ : नेता रावल

निर्मलाका हत्यारा जतिसुकै शक्तिशाली भएपनि कारवाही गर्नुपर्छ : नेता रावल

धनगढी : नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा पूर्व उपप्रधानमन्त्री भीम रावलले कञ्चनपुरको निर्मला पन्तको हत्यामा सलग्न अपराधि जतिसुकै शक्तिशाली भएपनि कारवाही गर्नुपर्ने बताउनुभएको छ ।

नेपाल राष्ट्रिय शिक्षक संगठनले आइतबार धनगढीमा दिपावली तथा छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा रावलले अपराधि जतिसुकै शक्तिशाली व्यक्ति भएपनि कारबाही हुनुपर्छ भन्ने नेकपाको र आफनो आधिकारिक धारणा रहेको प्रष्ट पार्नुभयो ।

सो अनुरुप नै नेपाल सरकारको वभिन्न छानविन समिति गठन गर्नुदेखि प्रहरी अधिकारीलाई खर्वास्त र निलम्वनमा पारेको बताउनुभयो । उहाँले निर्मलालाई न्याय दिलाउनकै लागि सरकारले अहिलेसम्मका घटनामा सवै भन्दा बढीको डिएन परिक्षण, समिति गठन गरेको समेत जानकारी दिनुभयो ।

नेता रावलले पन्तको हत्यारा संलग्न व्यक्तिको खोजीका लागि सरकार गम्भीर भएर लागेको र जुन सुकै निकायको व्यक्ति भए पनि सार्वजनिक गरेर नै छोड्ने दावी समेत गर्नुभएको छ । सुदूरपश्चिम प्रदेशको राजधानीको विषयमा पहिलो पटक आफ्नो भनाई सार्वजनिक गर्दै रावलले सुदूरपश्चिम प्रदेशको राजधानी सबै दृष्टिकोणलले उपयुक्त ठाउँमा रहेकोे र जंगल मासेर राजधानी बनाउने विषय हल्ला मात्र रहेको स्पष्ट पार्नुभयो ।

कैलालीको गोदावरी क्षेत्र बुट्यान भएको क्षेत्र भएकाले एक रुख नकाटेरै राजधानी बनाइने उहाले भनाई थियो । तराईमा हजारौँ सरकारी विघा जमिन कब्जा गरिहरको अवस्थामा बाघको बाटोमा राजधानी, बाढी, पहिरो जान्छ भन्ने कुरा सबै अफाह फैलाउने काम भएको नेता उहाँकोे भनाई छ ।

सीमाको सुरक्षा, भौगोलिक दृष्टिकोण प्रदेश सरकारकाले उपयुक्त ठाउँमा राजधानी तोकेको उहाको जिकिर थियो ।एक अर्को प्रसंगमा नेता रावलले संविधान संसोधन गर्ने कुरामा कुनै तुक नरहेको धारणा व्यक्त गर्नुभयो ।

धेरै ठाउँमा नागरिकताका लागि संविधान संसोधन गर्नुपर्दछ भन्ने कुरा बाहिर आएको बताउँदै उहाले विदेशी नागरिकलाई नागरिकता दिलाउन संविधान संसोधन नहुने स्पष्टा पार्नुभयो ।

सविधानको सशोधनको नारा लगाउनेलाई रावलले सविधान सशोधनको औचित्य पृष्टि गर्न पनि चुनौति दिनुभयो । तत्कालिन एमाले र माओवादीविच पार्टी एकता प्रक्रियको कार्य जारी रहेको र त्यसले तिहारपछि गति लिने रावलको दावी छ ।