लागु औषध सहित कंचनपुरका दुई जना युवक सशस्त्र प्रहरीको नियन्त्रणमा

लागु औषध सहित कंचनपुरका  दुई जना युवक सशस्त्र प्रहरीको नियन्त्रणमा

कंचनपुर : देशभर कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि  सरकारले गरेको लकडाउनको अवसर पारेर लागुऔषध(चरेस ) ओसारपसार गरिरहेका दुइजना युवकलाई  सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको छ । भिमदत्त नगरपालिका  हल्दुखालबाट  महेन्द्रनगर बजार पुगेका दुई जनालाइ सशस्त्र प्रहरीले लागु औषध र केही रकम नगद सहीत नियन्त्रण लिएको हो । बिहीबार बिहानै देखि सशस्त्र प्रहरी निरीक्षक माधव जोशी नेतृत्वको टोली  महेन्द्रनगर बजारमा खटिएको थियो । उक्त टोलीले मोटरसाईकलमा सवार  भीमदत्त नगरपालिका ७ हल्दुखालका पुष्कर कुँवर र गणेश कुँवरलाई शंकास्पद रुपमा चेकजाँच गर्दा उनिहरुबाट  ३० ग्राम चरेश सहित  सात हजार चार सय बिस रूपैया नगत  बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । 

 लकडाउनका बेला खटिएको सशस्त्र  प्रहरीको टोलिले संस्कास्पद व्यक्तिमाथि चेकजाँच गर्दा उनिहरु दुइजनाबाट लागु औषध फेला पारेपछि उनीहरुलाई नियन्त्रणमा लिएर नेपाल प्रहरीलाई बुझाएको सशस्त्र प्रहरी बल ३५ नम्बर गणका गणपति बिरसिंह शाहुले  बताएका छ्न ।
 प्रहरीलाई बुझाइएका ती दुई जना  प्रयोगकर्ता हुन या तस्कर हुन  भन्ने विषयमा छानबिन गरि आवस्यक कार्बाही गरिने प्रहरिले  जनाएको छ । 
कंचनपुर  जिल्ला छिमेकी राष्ट्र भारत सङ्ग सिमाना जोडिएको भएकाले पनि कंचनपुरमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।   प्रहरीले सीमादेखि, शहर,गाउँ टोल क्षेत्रमा गस्ती समेत बढाएको छ । केही दिन अघि सशस्त्र प्रहरी बलले  लकडाउनका बेला बेलडाँडी क्षेत्रबाट लागु औषध सहीत दुई जना तस्करको साथबाट ब्राउन सुगर सहित उनीहरुलाई पनि नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको थियो ।