अन्तरिक्षमा देखियो हैरान बनाउने दृश्य, वैज्ञानिक नै चकित !

अन्तरिक्षमा देखियो हैरान बनाउने दृश्य, वैज्ञानिक नै चकित !

कोरोना भाइरसको महामारीका बीच अन्तरिषमा हरेक दिन नयाँ नयाँ रहस्यमयी दृश्य देखिरहेका छन् ।एक पटक वैज्ञानिकहरुले स्पेसमा यस्तो केहि कुरा देखेका छन् जसबाट सबै हैरान भएका छन् ।

हामी सबैले ऐस्टरोइटको नाम त सुन्ने बित्तिकै हामीलाई डायनोसर जस्तो त्रासदी याद आउँछ । तर एउटा यस्तो ऐस्टरोइड छ, जोसँग आफ्नै फरक चन्द्रमा छ ।

२४३ आईडीए पहिलो यस्तो ऐस्टरोइड हो जसको छुट्टै आफ्नै चन्द्रमा रहेको छ । यो त्यो ऐस्टरोइड हो, जहाँ कोहि स्पेसक्राफ्ट पुगेको थियो ।

२९ सेप्टेम्बर सन् १८८४ मा खोजिएको यो ऐस्टरोइड मार्स र जुपिटरको बीचमा छ । यो तिनै ऐस्टरोइड्समा एक हो, जो कुनै ठूलो अब्जेक्टमा टक्कर भएपछि बन्दछ ।

यसको सतहमा रहेका गड््ढाबाट थाहा हुन्छ कि,यो कति पुरोनो छ । यो सिलिकेट रोकबाट बनेको छ ।यसको साथमा आफ्नै छुट्टै चन्द्रमा रहेको छ । यो हाम्रो सोलर सिस्टमको सबैभन्दा सानो नेचुरल स्याटेलाइट हो । यसको डायमीटर १.४ किमी रहेको छ । यो आईडीएबाट करिव ९० किमी टाढा ओर्बिट गरिरहेको छ ।

२२ ऐस्टरोइड्समा नजर

केहि दिन पहिला ऐस्टरोइड्स १९९८ ओआर २ पृथ्वीको करिव ६३ लाख किमी टाढाबाट १९ हजार किमी प्रतिघण्टाको रफ्तारमा गएको थियो । यो पृथ्वीसँग त ठोकिएन तर अमेरिकाको स्पेस एजेन्सी नासाका अनुसार यस्ता ऐस्टरोइड्स (उल्कापिण्ड) छन् ।

जसले आउने दिनमा धर्तीको करिव आएर ठोक्किन सक्दछन् । नासाका सेन्ट्री सिस्टमले यस्तो खतरामाथि पहिल्यै नजर राखिरहेको हुन्छ । विश्वमा १०० वर्षसम्म पालैपालो पृथ्वीसँग ठोक्किन सक्ने सम्भावना रहने २२ उल्कापिण्डहरु छन् ।