ब्राजिलमा एकै दिन १३ हजार ७६१ जना कोरोना भाइरसको संक्रमण

ब्राजिलमा एकै दिन १३ हजार ७६१ जना कोरोना भाइरसको संक्रमण

चार महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले ब्राजिलमा १३ हजारभन्दा बढीको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ ८३५ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १३ हजार ९९३ पुगेको छ । एकै दिन १३ हजार ७६१ जनामा संक्रमण पुष्टि हुँदा कुल संक्रमितको संख्या २ लाख २ हजार ९१८ पुगेको छ ।

१ लाख ९ हजार ४४६ जनाको उपचार भइरहेको छ भने ७९ हजार ४७९ जना संक्रमण मुक्त भएका छन् । उपचारारतमध्ये ८ हजार ३१८ जनाको अवस्था गम्भीर रहेको छ ।