रुसमा २ लाख ५२ हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण

रुसमा २ लाख ५२ हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण

साढे ४ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट रुसमा २ लाख ५२ हजारभन्दा बढी संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा त्यहाँ ९ हजार ९७४ जनामा संक्रमण देखिएसँगै  कुल संक्रमितको संख्या २ लाख ५२ हजार २४५ पुगेको छ ।

यस्तै एकै दिन ९३ जनाको मृत्यु भएपछि त्यहाँ ज्यान गुमाउनेको संख्या २ हजार ३०५ पुगेको छ ।

१ लाख ९६ हजार ४१० जनाको उपचार भइरहेकोमा २ हजार ३०० जनाको अवस्था गम्भीर छ ।