कोरोना भाइरसको महामारी नियन्त्रणमा अमेरिका असफल भएको चीनको आरोप

कोरोना भाइरसको महामारी नियन्त्रणमा अमेरिका असफल भएको चीनको आरोप

विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसको महामारी  नियन्त्रणमा अमेरिका असफल भएको चीनले आरोप लगाएको छ ।

चिनियाँ विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा विहिबार आफ्नो धारणा सार्वजनिक गरेका प्रवक्ता चाओ लिचियानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको सरकारले जनताको हितमा काम गर्न नसकेको टिप्पणी समेत गरे ।

अमेरिकी प्रशासनले कोरोना नियन्त्रणका लागि चीनले खेलेको प्रभावकारी भूमिकाको गलत प्रचार गरेको र आफ्नो जिम्मेवारी भन्दा पनि चीनको आलोचनामा समय खेर फालेको टिप्पणी गरेका हुन् ।

अमेरिकी अधिकारीहरूले कोरोनाभाइरसको महामारीलाई पनि राजनीतिकरण गरेर संक्रमण नियन्त्रण सफलता हासिल गर्न नसकेको उनले बताएका छन् ।