उच्च पदस्थ कर्मचारीदेखी वडा कर्मचारीसम्म अख्तियारको निगरानीमा : प्रमुख आयुक्त घिमिरे

उच्च पदस्थ कर्मचारीदेखी वडा  कर्मचारीसम्म अख्तियारको निगरानीमा : प्रमुख आयुक्त घिमिरे

धनगढी : अख्तियार दुरुपयोग अनुसन्धानका आयोगका प्रमुख आयुक्त नविन कुमार घिमिरेले उच्च पदस्थ कर्मचारीदेखी वडा कार्यालय कर्मचारीसम्म अख्तियारको निगरानीमा रहेको बताउनुभएको छ । 

भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्दनमा अख्तियारको भूमिका विषयक आईतवार धनगढीमा भएको अन्तरक्रिया कार्यक्रममा आयोगका प्रमुख आयुक्त घिमिरेले सो कुरा बताउनुभएको हो । 

उहाँले आयोग हरेक क्षेत्रमा रहेको भ्रटाचार रोक्दै सुशाधन कायम गर्न सक्षम रहेको बताउदै हरेक क्षेत्रका कर्मचारी र जनप्रतिनिधि आयोगको निगरामीमा रहेको बताउनुभयो । 

उहाँले विकाश निर्माणका कार्यमा भईरहेको ढिलाईमा समेत अव अख्तियारले अनुसन्धान गर्ने जानकारी दिनुभयो । त्यसको थालनी समेत गरिसकेको उहाको भनाई छ । 

ठेकेदारले क्षमता अनुसार ठेक्का लिनुपर्ने बताउदै अख्तियारको प्रमुख आयुक्त घिमिरेले अनावश्यक रुपमा ठेक्का लिने ठेकेदार, नीति नियम विपरित ठेक्का लिने जनप्रतिनिधि र कर्मचारी अव आयोगको फन्दामा पर्ने चेतावनी दिनुभयो । 

कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धानका आयोगका सचिव महेश्वर न्यौपानले स्थानीय तहमा भ्रष्टचार भएका भन्दै उजुरी बढीरहेको बताउदै स्थानीय तहका गतिविधिलाई नजिकबाट नियालिरहेको बताउनुभयो । 

उहाँले अख्तियार दुरुपयोग अनुसन्धान आयोग विकाश निमाणका कामका बाधक नभई साधक बन्न चाहेको भन्दै अरुलाई देखाएर पन्छिने प्रवृतिको अन्य गरिने बताउनुभयो । 

सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव नारायण प्रसाद विनाडीले मनोरोगको रुपमा रहेको भंष्टाचारलाई अन्य गर्नका लागि कानुनको पूर्ण रुपमा पालना गर्नुपर्नेमा जोड दिनुभयो । 

उहाँले सघियता कार्यान्वयनको क्रममा भ्रष्टचारलाई जरैदेखि उखेल्नुपर्ने भन्दै राम्रो गर्ने कर्मचारीलाई पुरुस्कृत र नराम्रो गर्ने कर्मचारीलाई कडा कारवाही गरिने चेतावनी दिनुभयो । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले सोमवार कन्चनपुरको महेन्द्रनगरमा नवनिर्मित भवनको उद्घाटन गर्नुहुने छ ।