चीनसँग सम्बन्ध तोड्ने ट्रम्पको धम्की

चीनसँग सम्बन्ध तोड्ने ट्रम्पको धम्की

अमेरिकी राष्‍ट्रपति डोनाल्ड ट्रम्पले फेरि चीनसँग सम्बन्ध तोड्ने धम्की दिएका छन्। “हामी जे पनि गर्न सक्छौं, सबै सम्बन्ध तोड्न सक्छौं,” फक्स बिजनेसलाई दिएको अन्तरवार्तामा ट्रम्पले भने, “यदि त्यस्तो भयो भने के हुन्छ थाहा छ ? सबै सम्बन्ध तोड्यौं भने पाँच सय अर्ब डलर बच्‍नेछ।”

उनको इशारा चीनसँगको द्विपक्षीय व्यापारमा अमेरिकाको विशाल घाटातिर थियो।  कोरोना भाइरस संक्रमणलाई लिएर राष्‍ट्रपति ट्रम्पले मुआब्जाका लागि दबाब दिँदै आएका छन्। त्यसैले हो, उनले महामारीको सुरुवातको जानकारी चीनले लुकाएको आरोप लगाउँदै आएको पनि।

चीनले ट्रम्पको आरोप लगातार अस्वीकार गर्दै आएको छ। ट्रम्पको चीनविरोधी अभिव्यक्ति आगामी नोभेम्बरमा हुन लागेको राष्‍ट्रपति चुनावमा लोकप्रियता हासिल गर्ने रणनीति पनि देखिएको छ।