नेकपाले बोलायो सचिवालय बैठक

नेकपाले बोलायो सचिवालय बैठक

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक अहिले केहीबेरमा बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान साढे ८ बजेलाई बैठक बोलाइएको नेकपाका वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए ।

बैठकमा सरकारले आज ल्याउने नीति तथा कार्यक्रमका साथै कोरोना भाइरसको बढ्दो संक्रमणका बारेमा छलफल हुने बताइएको छ । त्यस्तै गत वैशाख ३१ गते बोलाएको स्थायी कमिटी बैठक स्थगित भएपछिको अवस्थाका बारेमा समत सचिवालय बैठकमा छलफल हुनसक्ने नेताहरुले बताएका छन् ।

यसअघि वैशाख २५ गते बोलाइएको स्थायी कमिटी बैठक पनि वैशाख २४ गते स्थगित गरिएको थियो भने ३१ गतेका लागि बोलाइएको बैठक सुरुहुनुभन्दा डेढघण्टा अघिमात्र स्थगित भएको थियो । पटक पटक बैठक बोलाउने र स्थगित गर्ने गरिएको भन्दै स्थायी समिति सदस्यहरु असन्तुष्ट हुँदै आएका छन् ।