कुहिएको चामल प्रकरण : विभिन्न नागरिक संघ-संस्थाहरुको गम्भिर ध्यानाकर्षण

कुहिएको चामल प्रकरण  : विभिन्न नागरिक संघ-संस्थाहरुको गम्भिर ध्यानाकर्षण

धनगढी : धनगढी उप–महानगरपालिकाले राहतमा कुहिएको चामल वितरण गरेपछि विभिन्न ६ वटा नागरिक संघसंस्थाहरुले सयुक्त रुपमा ध्यानाकर्षण भएको जनाएका छन ।

संयुक्त विज्ञप्ती जारी गर्दै, ‘उपमहानगरपालिकाले वडा नं. ४ मा राहत वितरण गर्दा कुहिएको र किरा परेको चामल वितरण गरिएको पाइएकोले यस्ता घटनाहरु अन्यत्र पनि हुन सक्ने भएकोले नागरिक संघरसंस्थाहरुको ध्यानाकर्षण भएको छ ।

आगामी दिनमा राहत वितरणमा यस्ता कार्यहरु नदोहोरिन दिन सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछौ।’ विज्ञप्तिमा भनिएको छ । सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष देवीप्रशाद खनाल, फियान नेपालका कानुन तथा क्षमता विकास अधिकृत मुकुन्द राना, नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष अर्जुन शाहले सयुक्त रुपमा विज्ञप्ती जारी गरेका छन ।

यसैगरी गैरसरकारी संस्था महासंघ नेपाल, खाद्य अधिकार सञ्जाल, कैलालीका संयोजक धनपति ढुंगेल र याक नेपालका कार्यकारी निर्देशक डवल बम, उपभोक्ता हित संरक्षण मञ्च,नेपाल सुदूरपश्चिम प्रदेशका अध्यक्ष भवानी चलाउने, खाद्य अधिकार सञ्जाल सुदूरपश्चिमका संयोजक वलवहादुर रोकायाले सयुक्त रुपमा विज्ञप्ती जारी गरेका हुन ।

साथै लकडाउनको समयमा मुल्यबृद्धि, कालोबजार गर्ने र गुणस्तरहिन बस्तु बिक्रि वितरण गर्नेलाई कानुन बमोजिम कारवाहीको माग गरिएको छ ।