धनगढीको वडा नम्बर ५ मा राहत वितरणका लागि गोदाममा राखेको चामलमा पनि भुसिना भेटियो

धनगढीको वडा नम्बर ५ मा राहत वितरणका लागि गोदाममा राखेको चामलमा पनि भुसिना भेटियो

धनगढी : धनगढी उपमहानगरपालिका वडा नम्बर ५ मा राहत बितरणका लागि गोदाममा राखेको १५ किलोको कट्टामा भूसिना लागेको भेटिएको छ ।

सामुदायिक प्रहरी सेवा केन्द्र हसनपुरको सभा हलमा भण्डारण गरी राखेको खाद्यान्न अनुगमन टोलीले निरिक्षण गर्ने क्रममा १५ किलोको कट्टामा भूसिना लागेको भेटिएको हो । उक्त अनुगमन टोलीले नमुना संकलन गरेर लगेको छ ।

अनुगमन टोलीमा बिभिन्न वडाका वडा अध्यक्षहरूको पनि सहभागिता रहेको बताईएको छ । यस अघि विभिन्न वडाका स्थानीयले धनगढी उपमहानगरपालिकाले राहतमा बाडेको चामल कुहिएको भन्दै फिर्ता गरेका थिए ।