सिन्धुपाल्चोकमा मिनीट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु

सिन्धुपाल्चोकमा मिनीट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु


 मिनीट्रक दुर्घटनामा परी सिन्धुपाल्चोकमा एक जनाको मृत्यु भएको छ । 

 सिन्धुपाल्चोकको लिसङ्खुपाखर गाउँपालिका–१ चोचेडाँडाका ३८ वर्षीय कृष्णवीर तामाङको मृत्यु भएको हो ।

बिहीबार दिउँसो लिसङ्खुपाखर गाउँपालिका–१ चोचेडाँडास्थित भित्री सडकखण्डमा मुडेबाट ब्यासतर्फ आलु अनलोड गरी खाली आउँदै गर्दा बा५ख २४१६ नंको मिनीट्रक दुर्घटना हुँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।