धादिङमा चरेससहित २ जना पक्राउ

धादिङमा चरेससहित २ जना पक्राउ

धादिङमा चरेससहित २ जना पक्राउ परेका छन ।

पक्राउ पर्नेमा गजुरी –२ का ३७ वर्षीय टेकबहादुर तामाङ र २६ वर्षीय विकास तामाङ रहेका छन् ।

 गजुरी गाँउपालिका वडा नम्बर ६ दरियाल खोलाबाट  एक सय किलोग्राम लागुऔषध चरेससहित दुई जनालाई पक्राउ गरेको  जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिनुभयो । उनीहरुलाई लागुऔषध ऐन अन्तर्गत मुद्दा चलाइने प्रहरीले जानकारी दिएको छ ।