कोरोना महामारीमा जनजीवन सहज बनाउन महत्वपूर्ण भुमिका निभाउने चालकलाई धनगढीमा सम्मान

कोरोना महामारीमा जनजीवन सहज बनाउन महत्वपूर्ण भुमिका निभाउने चालकलाई धनगढीमा सम्मान

धनगढी : विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) महामारीका बेला जनजीवन सहज बनाउन महत्वपूर्ण भुमिका निभाउने चालकलाई धनगढीमा सम्मान तथा प्रोत्साहन गरिएको छ ।

महामारीका बेला पनि ज्यानको बाजि जोखिममा राखेर सवारी चलाउने चालक लाई सम्मान गरिएको हो । कैलाली उद्योग बाणिज्य संघको आयोजनामा भएको कार्यक्रममा सहयोग निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.ली, धनगढी र क्यानडा नेपाल पर्यटन सांस्कृतिक तथा व्यापार मञ्च, क्यानडाको रहेको थियो ।

उक्त सम्मान कार्यक्रममा कैलाली उद्योग बाणिज्य संघका विभिन्न पदाधिकारी सहित धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर वडको पनि सहभागिता रहेको थियो ।