बझाङमा ९ जनाको ¥यापिड टेस्ट रिपोर्ट "पोजेटिभ"

बझाङमा ९ जनाको ¥यापिड टेस्ट रिपोर्ट "पोजेटिभ"

बझाङ : बझाङमा थप ८ जनाको ¥यापिड टेस्ट गर्दा एन्टीबडी पोजेटिभ देखिएकोे छ । भारतबाट फर्केर बित्थडचीर गाउँपालिका वडा नम्बर ५ को शिव भवानी माध्यमिक विद्यालयमा राखिएकाहरुको ¥यापिड टेस्ट गर्दा ८ जनामा एन्टीबडी पोजेटिभ देखाएको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिए ।

एन्टीबडी पोजेटिभ देखाएकाहरुको थ्रोट स्वाबको नमूना संकलन गरी पीसीआर विधीबाट परीक्षणका लागि धनगढी पठाउने तयारी भएको उनले बताए । यसअघि बुधबार एक जनामा एन्टीबडी पोजेटिभ देखाएको थियो ।