सुदूरपश्चिममा कोरोना आशंका गरिएका ११० जनाको परिक्षण रिपोर्ट आयो

सुदूरपश्चिममा कोरोना आशंका गरिएका ११० जनाको परिक्षण रिपोर्ट आयो

धनगढी : सुदूरपश्चिममा आज थप एक सय १० जनाको कोरोना परीक्षण गरिएको छ । धनगढी प्रयोगशाला मार्फत आज एक सय १० जनाको परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको हो ।

आज परिक्षण गरिएका सबै जनाको परिक्षण रिपार्ट नेगेटिभ आएको प्रयोगशालाले जानकारी दिएको छ । यस्तै प्रदेशभरी पछिल्लो २४ घण्टामा ३४ जनाको नमुना संकलन गरिएको छ भने हिजो र आज संकलन गरिएका एक सय १९ जनाको नमुना परीक्षण गर्न बाँकी छ ।

यसैगरी पछिल्लो २४ घण्टामा एक हजार एक सय जनाको ¥यापिड टेस्ट गरिएको छ । भने बझाङमा मात्रै भारतबाट फर्किएका ८ जनाको ¥यापिड टेस्ट गर्दा एन्टिबडी देखाएको छ ।