चीनमा भन्दा भारतमा कोरोना भाइरसका संक्रमित धेरै, २७ सयभन्दा बढीको मृत्यु

चीनमा भन्दा भारतमा कोरोना भाइरसका संक्रमित धेरै, २७ सयभन्दा बढीको मृत्यु

विश्वभर फैलिएको कोरोना भाइरसका संक्रमितको संख्या चीनमा भन्दा भारतमा बढी भएका छन् । थप ३ हजार ७८७ जनामा संक्रमण देखिएसँगै भारतमा कुल संक्रमितको संख्या ८५ हजार ७८४ पुगेको छ ।

उक्त संख्या चीनको भन्दा २ हजार ८५१ ले बढी हो । चीनमा अहिलेसम्म ८२ हजार ९३३ जनामा संक्रमण देखिएको छ ।

भारतमा कोरोना भाइरस ९कोभिड–१९० बाट मृत्यु हुनेको संख्या २ हजार ७५३ पुगेको छ । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा त्यहाँ थप १०४ जनाको मृत्यु भएको छ ।

५२ हजार ७९७ जनाको उपचार भइरहेको छ भने अहिलेसम्म ३० हजार २३४ जना निको भएका छन् । कोराना भाइरसको ९कोभिड–१९० को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखि लकडाउन जारी गरिए पनि क्रमिक रुपमा  खुकुलो बनाउँदै लगिएको छ ।