जिम्मेवारी सम्हालेको एक महिना नबित्दै ब्राजिलका स्वास्थ्य मन्त्रीको राजीनामा

जिम्मेवारी सम्हालेको एक महिना नबित्दै ब्राजिलका स्वास्थ्य मन्त्रीको राजीनामा

कोरोना भाइरसको महामारी नियन्त्रणका लागि गरिएका सरकारी प्रयास पर्याप्त नभएको तथा लिइएका नीति ठीक नभएको भन्दै ब्राजिलका स्वास्थ्य मन्त्री नेल्सन तेइचले राजीनामा दिएका छन् ।

तत्कालीन स्वास्थ्यमन्त्री लुइज हेनरिके मान्देता गत मार्च १५ बर्खास्त भएपछि मन्त्री नियुक्त भएका तेइजले पनि राजीनामा दिएका हुन् ।

कोरोना भाइरसको महामारीसँग जुधिरहेको ब्राजिललाई संक्रमणबाट जोगाउन राज्यको कडा हुनुपर्नेमा लकडाउन खुकुलो बनाउने गरीका निर्णयहरू भएपछि तेइचले पनि राजीनामा दिएको बुझिएको छ ।

यसअघि तत्कालीन स्वास्थ्य मन्त्री मान्देताले पनि लकडाउन खुकुलो बनाउन नहुने बताइरहदा उनलाई राष्ट्रपति जायर बोल्सोनारोले बर्खास्त गरेका थिए ।

ब्राजिलमा कोरोना भाइरसको संक्रमणले १४ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने दुई लाख १८ हजार भन्दा बढी संक्रमित भएका छन् ।