ब्राजिलमा एकै दिन १५ हजार ३०५ जनामा कोरोना भाइरसको संक्रमण

ब्राजिलमा एकै दिन १५ हजार ३०५ जनामा कोरोना भाइरसको संक्रमण

विश्वमा साढे चार महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले ब्राजिलमा १४ हजारभन्दा बढीको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ ८२४ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १४ हजार ८१७ पुगेको छ ।

एकै दिन १५ हजार ३०५ जनामा संक्रमण पुष्टि हुँदा कुल संक्रमितको संख्या २ लाख १८ हजार २२३ पुगेको छ ।

१ लाख १८ हजार ४३६ जनाको उपचार भइरहेको छ भने ८४ हजार ९७० जना संक्रमण मुक्त भएका छन् । उपचारारतमध्ये ८ हजार ३१८ जनाको अवस्था गम्भीर रहेको छ ।