रुसमा कोरोना भाइरसले २४ सयको मृत्यु, २ लाख ६२ हजार संक्रमित

रुसमा कोरोना भाइरसले २४ सयको मृत्यु, २ लाख ६२ हजार संक्रमित

विश्वमा साढे ४ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट रुसमा २ हजार ४१८ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ११३ जनाको मृत्यु भएको भने १० हजार ५९८ जनामा संक्रमण देखिएको छ । योसँगै कुल संक्रमितको संख्या २ लाख ६२ हजार ८४३ पुगेको छ ।

२ लाख २ हजार १९९ जनाको उपचार भइरहेको छ भने ५८ हजार २२६ जना संक्रमणमुक्त भएका छन् ।