खोप तयार नभए पनि लकडाउन हटाउने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ

खोप तयार नभए पनि लकडाउन हटाउने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसविरुद्धको खोप तयार नभए पनि लकडाउन हटाउने बताएका छन् ।

राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा भएको पत्रकार सम्मेलनमा ट्रम्पले यो वर्षको अन्त्यसम्ममा कोरोना भाइरसमाथि गतिलो प्रहार गर्ने समेत बताएको बीबीसीले जनाएको छ ।

ट्रम्पले खोप नबने पनि अर्थतन्त्र सञ्चालन गर्ने बताएका छन् । उनले खोप बनाउने अहिलेको अभियानलाई दोस्रो विश्व युद्धका बेला पहिलो परमाणु हतियार बनाउन गरिएको प्रयाससँग तुलना गरेका छन् ।

खोप बनाउने यो अभियानलाई ‘अपरेशन र्‍याप स्पीड’ को संज्ञा दिएका उनले खोप नबने पनि अमेरिकीहरु सामान्य जीवनमा फर्किन थाल्नु पर्ने बताएका छन् ।