सुदूरपश्चिम फाउन्डेसन र डि टाउन ब्रदर हुड द्वारा रक्तदान कार्यक्रम आयोजना

सुदूरपश्चिम फाउन्डेसन र डि टाउन ब्रदर हुड  द्वारा  रक्तदान कार्यक्रम आयोजना

धनगढी : विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) लाई मध्यनजर गरी सुदूरपश्चिम फाउन्डेसन र डि टाउन ब्रदर हुडले शनिबार धनगढीमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । उक्त रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गरेको सुदुरपश्चिम फाउन्डेसनका कोषाध्यक्ष किशोर शाहले  जानकारी दिए ।

उनले महिला, पुरुष, प्रौढ लगायतका उमेर समूहका नागरिकले रगतदान गरेको बताए । विभिन्न अस्पतालहरुमा ’फ्रेस ब्लड’को अभाव सिर्जना हुन थालेपछि उक्त समस्यालाई मध्यनजर गर्दै रक्तदान कार्यक्रम गरिएकोे फाउन्डेसनका अध्यक्ष भरत शाहले बताए ।

डि टाउन ब्रदर हुड  पनि सामाजिक रुपमा सक्रिय हुदै विभिन्न सामाजिक सेवाका कार्य गर्दै गएको सस्थाका अध्यक्ष कुल रावलले बताउनुभयो ।

उक्त संस्थाले यसअधि पनि विभिन्न किसिमका समाजिक कार्य गर्दै आएको छ । एक थोपा रगतको कारण पनि मृत्यु शैयामा पुगेको मानिसको जीनव बच्न सक्ने भन्दै रक्तदान जस्तो पवित्र कार्यमा सहभागी हुनेलाई धनगढी उपमहानगरपालिकाकी उपमेयर शुसिला मिश्र भट्टले धन्यवाद दिइन् ।