यी दुई देश जहाँ एक जना मात्र कोरोना संक्रमित छन्

यी दुई देश जहाँ एक जना मात्र कोरोना संक्रमित छन्

विगत साढे चार महिना देखि विश्व कोरोना भाइरसबाट त्रस्त छ । कोरोनाका कारण विश्वभर फैलिएको छ । दक्षिण अफ्किा को मुलुक सेन्ट पियरे मिकेलनमा १ जना मात्रै संक्रमित फेला परेका छन् । त्यस्तै, अर्को मुलुक लेत्सोहोमा पनि १ जनामा कोरोना संक्रमण देखिएको छ ।

त्यस्तै विश्वभर यो समाचार तयार पार्दासम्म विश्वभर ४६ लाख ४१ हजार ९ सय ७५ भन्दा बढी कोरोना संक्रमित पुष्टि भएको वर्ल्डोमिटरले जनाएको छ । यसैगरी ३ लाख ८ हजार ८ सय ५३ जनाको मृत्यु भएको छ भने हालसम्म १५ लाख ६८ हजार ५ जना निको भएका छन् ।

यस्ैगरी, विश्वका यस्ता देश पनि छन् जहाँ १० जनामा पनि कोरोना भाइरस छैन । अझ उत्तर कोरियामा त अहिलेसम्म कोरोना भेटिएको खरब छैन । यो रहस्यमय देशको सूचना बाहिर आउन सकस हुने भएर पनि जानकारी नबाहिरिएको हुनसक्छ । तर केही यस्ता साना टापु देश जसमा साँचै १० जना भन्दा कम कोरोना संक्रमित छन् ।

त्यसमा एम एस जान्डममा हालसम्म ९ जना कोरोना संक्रमित भेटिएका छन् । यस्तै मौरिटानियामा ८, पपुवान्युगिनीमा पनि ८ जनामै कोरोना पुष्टि भएको छ । यस्तै ब्रिटीस भर्जिन आइल्याण्डमा ८, क्यारिबियन नेदरल्याण्डस्मा ६ जना, एसटी बर्थमा ६, वेस्टर्न सहारामा ६, अंगुलामा ३ र सेन्ट पियरे मिकेलनमा १ जना मात्रै संक्रमित फेला परेका छन् । त्यस्तै लेत्सोहो मा १ जनामा कोरोना संक्रमण देखिएको छ ।

त्यस्तै विश्वभर यो समाचार तयार पार्दासम्म विश्वभर ४६ लाख २९ हजार ४ सय २७ भन्दा बढी कोरोना संक्रमित पुष्टि भएको वर्ल्डोमिटरले जनाएको छ । यसैगरी ३ लाख ८ हजार ८ सय १० जनाको मृत्यु भएको छ भने हालसम्म १५ लाख ६६ हजार १ सय ६५ जना निको भएका छन् ।

भाइरसबाट सबैभन्दा बढी अमेरिकामा मृत्यु भएको छ । अमेरिकामा ८८ हजार ५सय ७ जनाको मृत्यु भइसकेको छ त्यस्तै १४ लाख ८४ हजार २ सय ८५ जनामा कोरोना संक्रमण देखिएको छ ।