बैतडीका आरडिटी "पोजिटिभ" पुरुषको पिसिआर रिपोर्ट आयो

बैतडीका आरडिटी "पोजिटिभ" पुरुषको पिसिआर रिपोर्ट आयो

बैतडी : बैतडीको डिलाशैनीका ५० वर्षीय पुरुषको पीसीआर रिपोट नेगेटिभ आएको छ । बिहीबार आरडीटी रिपोर्ट पोजिटिभ आएका ती पुरुषको थ्रोट स्वाब संकलन गरेर कोराना परीक्षणका लागि धनगढी पठाइएको थियो । 

डिलाशैनी गाउँपालिका १ का ती पुरुषको थ्रोट स्वाबको नमूना परीक्षण गर्दा रिपोट नेगेटिभ आएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए ।

उनले भने, आरडीटी पोजिटिभ आएका पुरुषको शनिबार पीसीआर रिपोट नेगेटिभ आएको छ। उनलाई आजै डिस्चार्ज गरिनेछ।