उच्चस्तरीय समिति र मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउन थप्ने र मोडालिटीबारे निर्णय हुने

उच्चस्तरीय समिति र मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउन थप्ने र मोडालिटीबारे निर्णय हुने

चैत ११ गतेदेखि विभिन्न चरणमा थप गरिएको लकडाउनबारे थप निर्णय लिन आज कोभिड-१९ रोकथाम उच्चस्तरीय समन्वय समिति र मन्त्रिपरिषद्का बैठक बस्दै छन् । दिउँसो उच्चस्तरीय समन्वय समितिको बैठक बस्नेछ भने मन्त्रिपरिषद् बैठक साँझ ५ बजे बस्दै छ ।

समन्वय समितिको बैठकले सरकारलाई लकडाउनबारे सिफारिस गरेपछि मन्त्रिपरिषद् बैठकले निर्णय लिनेछ । ११ चैतदेखि विभिन्न चरणमा लागू भएको लकडाउन भोलि सकिँदै छ ।

अति जोखिम, मध्यम र न्यून जोखिमका क्षेत्र छुट्याएर त्यसैअनुसार लकडाउनको स्वरूप परिवर्तन गर्ने सरकारको तयारी छ । पछिल्लो केही दिनयता उपत्यकासहित देशैभरि संक्रमितको संख्या बढेको छ ।

कोरोना संक्रमणकै कारण सिन्धुपाल्चोककी एक महिलाको मृत्यु भइसकेको छ । कोरोनाबाट मृत्यु भएको यो नेपालको पहिलो घटना हो ।

बिस्तारै खुकुलो बन्दै गएको लकडाउन सरकारले फेरि कडा पारिसकेको छ । सरकारी कार्यालय फेरि बन्द गरिएका छन् । प्रशासनले जारी गरेका सवारी पास खारेज भएका छन् । लकडाउनले जनजीवन दिनदिनै प्रभावित बन्दै गएको छ ।