कञ्चनपुरमा संक्रमितको सम्पर्कमा आएका ३० जनाको रिपोर्ट आयो

कञ्चनपुरमा संक्रमितको सम्पर्कमा आएका ३० जनाको रिपोर्ट आयो

काठमाडौंमा कोरोना पोजेटिभ देखिएकी कञ्चनपुरको बेदकोट नगरपालिका–१० हरपाल, सिसैयाकी ३३ वर्षीय महिलाको सम्पर्कमा आएका ३० जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ।

संक्रमित महिलाको सम्पर्कमा आएका परिवारका पाँच सदस्य, अटो चालक तथा छरछिमेक गरी ३० जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ। वैशाख २८ गते काठमाडौं फर्किएकी बेदकोट नगरपालिकाकी ती महिलाको स्वास्थ्य परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएको थियो।

झण्डै दुई महिना बेदकोट नगरपालिका–१० हरपाल, सिसैयामा बिताएकी महिलामा कोरोना संक्रमण पुष्टि भए पछि उनको परिवार, छरछिमेकका गरी ३० जनाको थ्रोट स्वाब नमूना संकलन गरी धनगढीस्थित प्रयोगशालामा पठाइएको थियो। धनगढीस्थित प्रयोगशालामा गरिएको परीक्षणबाट उनीहरुको कोरोना रिपोर्ट नेगेटिभ आएको हो।