लकडाउनको अवधि बढाउन उच्चस्तरीय समितिको सिफारिस

लकडाउनको अवधि बढाउन उच्चस्तरीय समितिको सिफारिस

कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनको अवधि बढाउन सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ।

आइतबार अपरान्ह रक्षा मन्त्रालयमा बसेको समन्वय समितिको बैठकले लकडाउन बढाउन मन्त्रिपरिषदलाई सफिारिस गर्ने निर्णय गरेको हो। लकडाउनको अवधि लम्ब्याउन सिफारिस गरे पनि कति दिन बढाउने भन्ने बारेमा कुनै टुंगो भने भएको छैन।

नेपालमा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गएको र देशभर फैलिने अवस्था आएको भन्दै रोकथाम तथा नियन्त्रणका लागि लकडाउन नै उत्तम विकल्प भएको भन्दै अवधि लम्ब्याउन सिफारिस गरेको एक मनत्रीले बताए।