कैलालीको अत्तरियाबाट ठुलो परिणामको अबैध मदिरा बरामद

कैलालीको अत्तरियाबाट ठुलो परिणामको अबैध मदिरा बरामद

धनगढी : कैलालीको अत्तरीयाबाट प्रहरीले अन्दाजी ९३ हजार भन्दा बढी मुल्य बराबरको मदिरा बरामद गरेको छ । सरकारले जारी गरेको लकडाउनको समयमा ओसारपासार गरेको ९३ हजार बढी मुल्य बराबरको मदिरा प्रहरीले बरामद गरेको हो ।

ईलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरी नायव उपरीक्षक ज्ञान बहादुर बिष्टको कमाण्डमा खटिएको प्रहरी टोलीले अवैध घरेलु तथा ‘ब्रान्डेड’ मदिरा बरामद गरेको हो मसुरिया, ओलानी, गोदावरी क्षेत्रवाट बिभिन्न ब्राण्डका १४ पेटी सौफी, १ पेटी भोड्का, २ पेटी सिप्ट, २ पेटी वाइन, ४ पेटी बियर, ७ पेटी गिलेण्डर बरामद गरिएको प्रहरीले जनाएको छ ।

यस्तै ५ पेटी लिच्ची, १ पेटी महाकाली, १ पेटी रुची, २ पेटी टेष्टी, २३ पिस उड, ४ पेटी ५५ पिस रहर र १५ सय १ पेटी २८ पिस एम्बिबसन समेत बरामद गरिएको छ । साथै एक सय लिटर अवैध घरेलु मदिरासमेत बरामद गरी नष्ट गरिएको प्रहरीले जनाएको छ ।