नेपालमा फेरि थपिए तीन जना कोरोना संक्रमित

नेपालमा फेरि थपिए तीन जना कोरोना संक्रमित

प्रदेश १ को धनकुटा र मोरङका २ गरी ३ जनामा आइतबार कोरोना पुष्टि भएको छ। योसँगै प्रदेश १ मा संक्रमितको संख्या ३९ पुगेको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईका प्रेस संयोजक ध्रुव सुवेदीले जनाएका छन्।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्याबमा गरिएको परीक्षणमा धनकुटाकी ३४ वर्षीय महिला, विराटनगरका ३६ वर्षीय पुरुष र २९ वर्षीय महिलामा कोरोना संक्रमण देखिएको हो। प्रदेश १ मा ३९ संक्रमितमध्ये १७ निको भएका छन्।

योसँगै देशभर संक्रमितको संख्या २९५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जनाएका छन्। यीमध्ये ३६ जना निको भएका छन् भने दुई जनाको मृत्यु भएको छ।