जेठ २० गतेसम्म लकडाउन बढाउने मन्त्रिपरिषद्को निर्णय

जेठ २० गतेसम्म लकडाउन बढाउने मन्त्रिपरिषद्को निर्णय

सरकारले जेठ २० गतेसम्म लकडाउन बढाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन बढाउने निर्णय गरेको हो ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले २इ गतेसम्म लकडाउन बढाउन सरकारलाई सिफारिस गरेको थियो ।

वैठकले सुरक्षा व्यवस्थालाई अझै कडा बनाउने र आपूर्ति व्यवस्थामा प्रभावकारी गर्ने निर्णय गरेको छ । वैठकमा कोरोना संक्रमितको संख्या देशभरि बढिरहेको र फैलन नदिन लकडाउन बढाउनु पर्ने बारे छलफल भएको थियो ।

कोरोना संक्रमणको कारण नेपालमा अहिलेसम्म दुई जनाको मृत्यु भइसकेको छ भने कूल कोरोना संक्रमितको संख्या २९५ पुगेको छ । ३६ जना उपचारपछि निको भएर घर फर्केका छन् ।