'सीमा विवादबारे भारतले सेना प्रमुखलाई बोल्न लगाउनुको अर्थ धम्की दिनु हो'

'सीमा विवादबारे भारतले सेना प्रमुखलाई बोल्न लगाउनुको अर्थ धम्की दिनु हो'

संघीय संसद् अन्तर्गतको परराष्ट्र सम्बन्ध तथा श्रम समितिका सदस्यहरुले कालापानी र लिपुलेक अतिक्रमणबारे भारत सरकारले त्यहाँको सेना प्रमुखलाई बोल्न लगाएकोमा आपत्ति प्रकट गरेका छन् । भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवानेको अभिव्यक्तिको नेपाल सरकारले कुटनीतिक रूपमा खण्डन गर्नुपर्ने समिति सदस्यहरुको माग छ । 

सिंहदरबारमा आइतबार बसेको बैठकमा समितिका सदस्य भीमबहादुर रावलले आफ्नो मन्तव्यको सुरुवातमै शुक्रबार भारतीय स्थल सेनाध्यक्ष नरवानेको अभिव्यक्तिको भर्त्सना गर्नुभयो । ुभारतीय सेनाध्यक्षले कालापानी र लिपुलेकबारे नेपाललाई कसैले उचाल्यो भनेका छन्, म त्यो भनाइको भर्त्सना गर्दछुु, उहाँले भन्नुभयो ।

कालापानी र लिपुलेक नेपालको भूमि भएकाले सरकारले जसरी पनि त्यहाँबाट भारतीय सेना फिर्ता गराउनुपर्ने रावलले सरकारसँग माग गर्नुभयो ।

समितिका अर्का सदस्य सुरेन्द्रकुमार कार्कीले भारतले लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटेर बेग्लै नक्सा प्रकाशित गरे पनि नेपालले त्यो भूभागसहितको नक्सा बनाउनुपर्ने बताउनुभयो । ुनक्सा ६ महिनासम्म पनि बनाउन सकेका छैनौँु, उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो ।

भर्खरै सरकारले कालापानीदेखि १२ किलोमिटर वरको गागाबगरमा सशस्त्र प्रहरी बलको सीमा सुरक्षा पोस्ट राखेकोमा उहाँले प्रशंसा गर्नुभयो । २५/३० जना प्रहरी राख्दा पनि राम्रो सन्देश गएको छु, कार्कीले भन्नुभयो ।

यस्तै समितिका सदस्य डाक्टर दीपकप्रकाश भट्टले भारत सरकारले आफ्ना स्थल सेनाध्यक्ष नरवानेलाई बोल्न लगाएकोमा आपत्ति प्रकट गर्नुभयो । ुसेना प्रमुखलाई बोल्न लगाउनुको अर्थ धम्की होु, उहाँले भन्नुभयो, नेपाल सरकारले यसको विरोध गरोस् ।ु सेना प्रमुखलाई बोल्न लगाउनु उचित नभएको उहाँको भनाइ थियो ।

भारतले लिम्पियाधुरा, कालापानी र लिपुलेक गरेर झण्डै चार सय वर्ग किलोमिटर नेपालको भूमि अतिक्रमण गरेको सांसद् भट्टले आरोप लगाउनुभयो । नेपालले कुटनीतिक रूपमा समस्या समाधानका लागि चाँडो पहल गर्न उहाँले आग्रह गर्नुभयो ।