कोरोनाका कारण मृत्यु भएकी सुत्केरी महिलाको शिशु सहित परिवारको रिपोर्ट आयो

कोरोनाका कारण मृत्यु भएकी सुत्केरी महिलाको शिशु सहित परिवारको रिपोर्ट आयो

कोरोनाको कारण गत बिहिबार मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षिया महिलाको श्रीमान र परिवारका अन्य सदस्यको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । यसको मतलब उनीहरुमा कोरोना देखिएन ।  

मृतक महिलाका श्रीमान्, छोरा, आमा र बहिनीको नमुना संकलन गरिएकोमा उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको हो । धेरैले नवजात शिशुको स्वास्थ्यमा चिन्ता गरेका थिए । उनको पनि धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएको छ ।

सिन्धुपाल्चोकको प्रशासनको समन्वयमा उनीहरुलाई घरमा लगिने, त्यहाँ लगेर १४ दिन क्वारेन्टाइनमा राखिने र त्यसपछि फेरि पीसीआर गरिने तयारी छ । उता हिजो पनि बाँके नरैनापुर ५ का २५ वर्षिय युवकको मृत्यु भएको थियो । त्यहाका संभावितहरुमा पनि जाँच गरिएको छ । उनी लकडाउनकै बीच भारतबाट नेपाल आएका थिए ।