एकाविहानै थपिए १७ नयाँ संक्रमित, नेपालमा ४४४ जनामा कोरोना संक्रमण

एकाविहानै थपिए १७ नयाँ संक्रमित, नेपालमा ४४४ जनामा कोरोना संक्रमण

नेपालमा थप १७ जना नयाँ संक्रमित भेटिएका छन् । झापा, धनकुटा र सुनसरीमा गरी कोरोना भाइरसका १७ जना संक्रमित थपिएका हुन् ।

आज बिहान विज्ञप्तिमार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थपिएका संक्रमितबारे जानकारी दिएको हो ।

नयाँ संक्रमितमा झापाको कचनकवल गाउँपालिका- ३, ६ र ८ का १८, १८, १९, १९, २२, २३, २३, २५, २६, २६, २८, ३०, ३२, ३७ र ४६ वर्षका १५ जना पुरुष छन् ।

यस्तै, धनकुटाका ३४ वर्षीय पुरुष र धरान उपमहानगरपालिकाकी ५१ वर्षीया महिलामा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ ।