अन्तर्राष्ट्रिय सीमानाका र हवाई उडान जेठ मसान्तसम्म बन्द

अन्तर्राष्ट्रिय सीमानाका र हवाई उडान जेठ मसान्तसम्म बन्द

सरकारले अन्तर्राष्ट्रिय सीमा नाका र आन्तरिक तथा बाह्य हवाई उडान जेठ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ ।

कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समितिको बैठकले जेठ मसान्तसम्म सीमानाका र हवाई उडान बन्द गर्ने निर्णय गरेको हो।

समितिका प्रवक्ता एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले यसअघिको निर्णयलाई जेठ मसान्तसम्म निरन्तरता दिने निर्णय भएको बताए।

यसअघि १८ जेठसम्म आन्तरिक तथा बाह्य हवाई उडान र अन्तर्राष्ट्रिय सीमानाका बन्द गर्ने निर्णय भएको थियो। सरकारले यसअघि लकडाउन २० जेठसम्म जारी राख्ने निर्णय गरिसकेको छ।

सचिव बिडारीले कार्गो विमान र चार्टड फ्लाईट बाहेकका अरु सेवा बन्द गर्ने निर्णय भएको बताए।