भारत वा अन्य ठाउँबाट फर्किएका मानिसलाई क्वारेन्टाइनमा बस्न चौरपाटी गाउँपालिकाको अपिल

भारत वा अन्य ठाउँबाट फर्किएका मानिसलाई क्वारेन्टाइनमा बस्न चौरपाटी गाउँपालिकाको अपिल

अछाम : अछामको चौरपाटी गाउँपालिकाले भारतबाट फर्किएका मानिसहरुलाई अनिवार्य क्वारेन्टाइनमा बस्न अपिल  गरेको छ । भारतका विभिन्न शहरबाट घर फर्किरहेका आफ्नो पालिका भित्रका आम नागरिकलाई अनुशासित रुपमा क्वारेन्टाइनमा बस्ने अनुराध गरेको हो ।

विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण देश लकडाउनमा भएपनि भारत लगायतका अन्य ठाउँबाट मानिसहरु यति बेला आफ्नो घर फर्किरहेका छ ।

गाउँपालिकाले अपल पत्र जारी गर्दै, ‘सम्पुर्ण विश्व बन्दाबन्दी भएको यस बिषम परिस्थितीमा आफ्नो घर फर्किरहेका चौरपाटीबासी आमा–बुवा, दाजुभाई तथा दिदी–बहिनी लगायत यस गाउँपालिका क्षेत्रमा निर्माण गरिएका क्वारेन्टाइन केन्द्रमा अनुशासित बसी दिन सादर अनुरोध गरिन्छ ।’

साथै गाउँपालिकाका अध्यक्ष हर्क बहादुर साउद, उपाध्यक्ष माया कुवर र प्रमुख पूशासकिय अधिकृत गणेश प्रसाद जैशी द्धारा हस्ताक्षेरित अपिल पत्रमा भनिएको छ, ‘ यहाँ आफ्नो व्यक्तिगत , पारिवारिक र समाजको जीवन रक्षाका लागि इमान्दार र कर्तव्यनिष्ठ भएर नेपाल सरकार र चौरपाटी गाउँपालिकाको निर्णयलाई पुर्णरुपमा पालना गरी आफू पनि बच्न र अरुलाई पनि बचाउन अहम् भूमिका निर्वाह गर्नु हुनेछ भन्ने कुरामा गाउँपालिका सरकार विश्वस्त छ ।’