कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष कुवरले गरे गौरीफन्टामा अलपत्र नागरिकलाई खाद्यान्न वितरण

कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष कुवरले गरे गौरीफन्टामा अलपत्र नागरिकलाई खाद्यान्न वितरण

धनगढी : कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष तथा व्यवसायी पुष्पराज कुवरले सिमा क्षेत्र गौरीफन्टामा अलपत्र नागरिकहरुलाई खाद्यान्न सामाग्री वितरण गरेका छन ।

भारतका विभिन्न शहरहरुबाट आएर नेपाल–भारत सिमा क्षेत्र गौरीफन्टामा अलपत्र नागरिकहरुलाई संघका अध्यक्ष तथा व्यवसायी कुवरले खाद्यान्न हस्तान्तरण गरेका हुन ।

हिजो अस्ति झै आज पनि नेपाल–भारत सिमानाका गौरिफन्टामा हजारौ मानिसहरु अलपत्र परेका छन । उनीहरुलाई केही राहत पुगोस् भनेर कुवरले २० पेटि चाउचाउ, २० पेटि पानी र १५ पेटि जुस लगायतका खाद्यान्न समाग्री सहयोग गरेका हुन ।

कुवरले नेपाल–भारत सिमानाका गौरिफन्टामा हजारौ मानिसहरु अलपत्र परेपछि आफुले सहयागे गरेको बताए । उनले आज धनगढी स्थित गौरिफन्टा नाकामा पुगेर खाद्यान्न वितरण गरेको जानकारी दिए ।

कुवर लकडाउनको समयमा विभिन्न ठाउँमा अलपत्र नागरिकहरुलाई सहयोग गर्नमा व्यस्ता छन । उनले केही दिनअघि धनगढीमा अलपत्र परेका भारतीय नागरिकलाई पनि खान र बस्नको व्यवस्था गरेका थिए ।