रोट्रयाक्ट क्लब अफ धनगढीको अध्यक्षमा जिवन रेग्मी चयन

रोट्रयाक्ट क्लब अफ धनगढीको अध्यक्षमा जिवन रेग्मी चयन

धनगढी : रोट्रयाक्ट क्लब अफ धनगढीको अध्यक्षमा जिवन रेग्मी चयन भएका छन । रोट्रयाक्ट क्लब अफ धनगढीको आज बसेको बोर्ड बैठक मार्फत सर्बसहमत रेग्मी अध्यक्षमा चयन भएका हुन । यस अधि क्लबका अध्यक्षमा जय प्रकाश भट्ट रहेका थिए ।

पेशाले शिक्षक रहेका रेग्मी क्लबको स्थापनाकाल देखि क्लबका बिभिन्न सामाजिक कार्यमा सहभागी हुदै आएका थिए । यस अधि रेग्मी क्लबको उपाध्यक्ष समेत रहेका थिए ।

रोट्रयाक्ट क्लबले समाजमा रही बिभिन्न समाजिक कार्यमा उल्लेखनिय भुमिका खेलेको बताउदै क्लबको अध्यक्षमा चयन हुन पाउँदा आफैमा गर्व लागेको उनले बताए ।

बिश्वभर माहामारीका रुपमा फैलिरहेको कोरोना भाईरस(काभिड–१९)को रोकथाम तथा नियन्त्रणमा रोट्रयाक्ट क्लबको भुमिका महत्वपुर्ण रहेकाले आफु र आफ्नो क्लब तत्काल यसैमा केन्द्रित रहने उनले जानकारी दिए ।