सांसद झपट रावलद्धारा आफ्नो निर्वाचन क्षेत्रमा स्वास्थ्य सामाग्री सहयोग

सांसद झपट रावलद्धारा आफ्नो निर्वाचन क्षेत्रमा स्वास्थ्य सामाग्री सहयोग

धनगढी : कैलाली क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सांसद झपट रावलले आफ्नो निर्वाचन क्षेत्रमा स्वास्थ्य सामाग्री सहयोग गरेका छन । विश्वभर फैलिएको कोरोना महामारीको बेला आफ्नो क्षेत्रमा आवश्यक पर्ने स्वास्थ्य सामाग्री सहयोग गरेका हुन ।

सांसद रावलको पहलमा २ सय ६० थान पिपिइ सेट उपलब्ध गराइएको सांसदको सचिवालयले जानकारी दिएको छ ।

सहयोग गरिएका पिपिई लम्की अस्पताल र क्षेत्र नं.२ का जानकी, वर्दगोरिया तथा मोहन्याल गाउपालिकाका स्वास्थ्य संस्थामा आवश्यकता अनुसार बितरण गरिएको साँसद रावलले जानकारी दिए ।