कञ्चनपुरका दुई पसललाई २०÷२० हजार जरीवाना

कञ्चनपुरका दुई पसललाई २०÷२० हजार जरीवाना

धनगढी : धनगढी कञ्चनपुरका दुई पसललाई जरिवाना गराइएको छ । बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र संयुक्त बजार अनुगमनको टोलीले जिल्लाको भिमदत नगरपालीकामा रहेको श्री ब्रहम केदार खाद्यान्न खरीद बिक्रि भण्डार र गुप्ता किराना पसललाई २०÷२० हजार जरिवाना तोकिएको हो ।

उपभोग्य म्याद समाप्त भएका खाद्यन्न र कस्मेटिक सामानहरु रहेको र खरिद बिल माग गर्दा देखाउन नसकेकोले जरिवाना तोकिएको हो ।

उपभोक्ता संरक्षण ऐन २०७५ को दफा (३८) (घ) को कसुरमा दफा ३९(१)(क) बमोजिम दुई पसल लाई रु २०÷२० हजार जरीवाना तोकिएको बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय धनगढीका प्रमुख कमल पुनमगरले जानकारी दिए ।