चौरपाटीका २७ जना नागरिकलाई गौरिफन्टाबाट उद्धार गरी घर पठाईयो

चौरपाटीका २७ जना नागरिकलाई गौरिफन्टाबाट उद्धार गरी घर पठाईयो

धनगढी : भारतबाट आएर नेपाल–भारत सिमाना गौरिफन्टामा अलपत्र परेका अछाम जिल्लाको चौरपाटी गाउँपालिकाका २७ जनाको उद्धार गरिएको छ । नेपाल–भारत सिमाना गौरिफन्टामा नाकाबाट उनीहरुलाई उद्धार गरिएको हो ।

कोरोना भाइरस भारतमा पनि बढ्दै गएपछि उनीहरु नेपाल फर्किएका हुन । कोरोनाका कारण भारतमा रोजगारी गुमेपछि समस्यामा परेका नेपाली नागरिकहरु यति बेला घर फर्किरहेका छन । गौरीफन्टामा अलपत्र परेका उनीहरुलाई चौरपाटी गाउँपालिकाको समन्वयमा आजै बसको व्यवस्था गरी घर पठाइएको रविन्द्र बहादुर साउदले जानकारी दिए ।

उनीहरुलाई स्थानीय तहले स्थापना गरेका क्वारेन्टाइनमा बस्ने सर्तमा विहिबार साझ घर पठाइएको उनले बताए ।